जन सरोकार
घर र मोबाइल पसलबाट विभिन्न धनमाल चोरी
काठमाडौं र नवलपरासी पूर्वबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं, तार्केश्वर नगरपालिका-८ शेषमती भेटघाट चोक बस्ने ५१ वर्षीय कृष्ण प्रसाद पौडेलको घरमा कोही नभएको अवस्थामा ताला फुटाई नगद ४० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना गरी करिब ३ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
त्यस्तै नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१६ सोह्र नम्बर चोकस्थित यम प्रसाद पौडेलको पौडेल मोबाइल लिंक पसलको सटरको ताला फोडेर पसलभित्र रहेको मोबाइल लगायत विभिन्न सर-सामानहरू गरी करिब १६ लाख रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्