राजनीति

नेता बस्नेत र मेयर बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ ।

नेता बस्नेत र मेयर बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?

बुधबार भक्तपुरको गुण्डुस्थित नेता बस्नेत निवासमा भएको भेटवार्तामा मेयर बालेनले वर्तमान राष्ट्रिय राजनीतिदेखि विकासका विभिन्न १५ वटा विषयमा छलफल गर्दै यहाँको नमूना विकासका अवलोकनसमेत गर्नुभयो । नेता बस्नेत र महानगर मेयर बालेनबीच काठमाडौँ र भक्तपुरको विकासमा सहकार्य गर्नुका साथै विकासमा देखिएको समस्या समाधानमा दुवैले सहयोग गर्ने सहमति बनेको छ ।

नेता बस्नेतले भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा नदीको बहाव परिवर्तन भई भक्तपुरतर्फ नदी बगिरहेको अवस्थामा प्रशासनको सहकार्यमा समस्या समाधान गरी मनोहरा करिडोर निर्माण गरेको उल्लेख गर्दै यहाँका १५ घर सुकुम्वासीलाई क्षतिपूर्ति दिन नपाएकाले करिडोर निर्माण पूरा हुन नसकेको बताउनुभयो ।

स्मार्ट सिटी, भक्तपुरमा सुविधासम्पन्न ठूलो अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न काठमाडौँ महानगरपालिका र सूर्यविनायक नगरपालिकालाई आर्थिक तथा भौतिकरूपमा सम्पन्न गराउन सहकार्यका गर्न नेता बस्नेतले राख्नुभएको प्रस्तावमा बालेनले त्यस्ता कार्यमा सहकार्य गर्दै जाने बताउनुभएको थियो ।

मेयर शाहले सूर्यविनायक–धुलिखेल छ लेन सडकको स्तरोन्नति चाँडो सम्पन्न गराउन पाए काठमाडौँ उपत्यकामा यातायात आवातजावतमा सहजता हुने धारणा राख्नुभयो । नेता बस्नेतले राज्यको शून्य लगानीमा सूर्यविनायक धुलिखेल सडकको सर्भिस ट्र्याक निर्माण गराउन सफल भएको भन्दै सडक निर्माण छिटो सम्पन्न हुनेमा विश्वास रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.