प्रदेशसुदूरपश्चिम

समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन नाउपाको निर्देशन

पार्टीलाई जानकारी नै नदिई सुदूरपश्चिम प्रदेश सरकारमा सामेल भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिइएको छ ।

पार्टी नेतृत्वसँग सल्लाह नै नगरी शुक्रबार राति तीनजना सदस्य प्रदेश सरकारमा सहभागी भएर रातारात शपथग्रहण समेत गरेका थिए ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संघीय सरकारमा सत्तापक्षको बेन्चमा बसेको तर प्रदेशमा नेतृत्वसँग सल्लाह नै नगरी मन्त्री बनेकोमा उहाँहरुलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएको बताउनुभयो ।

शुक्रबार राति मुख्यमन्त्री शाहले नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसिराम चौधरीलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गर्दै राति नै सपथ ग्रहण गराउनुभएको थियो ।

माओवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउन नाउपासहित राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने कसरत गरिरहेका थिए ।

राप्रपा र स्वतन्त्र सांसदले नाउपाको भूमिका स्पष्ट नभएको बताएपछि शाहले नाउपाबाट मन्त्री थपेका थिए । नाउपाका रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.