कांग्रेस र एमालेको सरकार बन्नसक्छ : अध्यक्ष ओली
संघीय संसद प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा नेपाली कांग्रेस र नेकपा एमालेको पनि सरकार बन्नसक्ने बताउनुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुयपकमल दााल प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बने पनि पूर्व सहमति ताड्दै नेपाली कांग्रेससहितका दलहरुको नयाँ गठबन्धन बनाएपछि अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो ।
राजनीतिक विश्लेषक तथा बुद्धिजीवीहरुले ३२ सिटे माओवादीलाई सत्ताको चावी सुम्पिनु भन्दा दुई ठूला दल कांग्रैस र एमाले मिलेर पाँच वर्षसम्मै स्थिर सरकार बनाउनुपर्ने सुझाव आइरहेका बेला ओलीले सो धारणा राख्नुभएको हो ।
अध्यक्ष ओलीले कांग्रेस र एमाले एक ठाउँमा नहुने भनेर कसम नखाएको बताउँदै राष्ट्रपति निर्वाचनपछि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताउँदै नयाँ गठबन्धन बन्नसक्ने संकेत गर्नुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्