जन सरोकार
करिब ९ किलो चरेशसहित दुई जना पक्राउ
धादिङ, थाक्रे गाउँपालिका-३ अमर्खबाट अवैध लागूऔषध चरेश करिब ९ किलो ५ सय ग्रामसहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-८ आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र २३ वर्षीय सागर भन्ने नारायण दमाई रहेका छन् ।
प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले आग्राबाट महादेववेशीतर्फ जाँदै गरेको ना।४ ख ४८३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्