भूकम्पको स्मृतिमा योमरी ग्रुप अफ कम्पनीबाट जापानमा मास्क वितरण
जापानमा सक्रिय नेपालीहरुको व्यावसायिक कम्पनी योमरी ग्रुप अफ कम्पनीले सन् २०११ को मार्च ११ का दिन जापानमा आएको भूकम्प, सुनामी र आणविक चुहावटबाट भएको विनाशको स्मृतिमा कारोना भाइरसबाट बच्न माक्स वितरण सुरु गरेको छ । कम्पनीले शिबुया मण्डला रेस्टुरेन्टको अगाडि मास्क वितरण थालेकोा हो ।
कोरोना भाईरसका कारण जापानमा मास्कको अत्यन्त अभाब भैरहेको अवस्थामा योमरी ग्रुप अफ कम्पनी जापान अन्तर्गतका नेपाली रेस्टुरेन्ट मण्डला शिबुयाको अगाडि निशुल्क मास्क वितरण गरेको हो ।
उक्त कम्पनीले २०२० मार्च ११ तारेख बुधवार जापानी समय अनुसार दिनको ४ बजेदेखि निशुल्क मास्क वितरण सुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक सुनिल कुमार शाक्यले जानकारी दिनुभयो ।
कोरोना भाइरसले गर्दा जापानमा हाल मास्कको अत्यन्त अभाब भएको र जापान आफ्नो कर्मभूमि भएकाले जापानी र जापानप्रति कृतज्ञता जनाउन र नेपालीहरु पनि दुःखमा साथ दिन्छन् भन्ने सन्देश छर्नको लागि पनि ूयस्तो कार्यक्रमको आयोजना गर्न लागेको कुरा शाक्यले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्