जन सरोकार

धनुषामा विषाक्त मदिरा सेवनबाट पाँजनाको मृत्यु- घाइते दुईजनालाई भेन्टिलेटरमा राखेर उपचार हुँदै


धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण पाँचजनाको मृत्यु भएको छ भने दुईजनाको अवस्था गम्भीर छ । समाचार अनुसार जिल्लाको क्षीरेश्‍वरनाथ नगरपालिकाको रमदैयामा घरेलु मदिरा सेवन गर्ने उनीहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले आफूहरुलाई मृत्यु भएको खबर आएको भए पनि पुष्टि नभएको बताउनुभएको छ । मदिरा सेवन गरेका अन्य २ जनाको अवस्था चिन्ताजनक रहेको गाउँलेले बताएका छन्।
स्थानीय रामगुलाम महराका अनुसार मदिरा सेवनले गुदरी महरा, ब्रम्हदेव यादव, रामनरायण महरा र रामविलास महराको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको नाम खुल्न सकेको छैन ।
मदिरा सेवन गरेका रमदैयाका शत्रुधन मण्डल र रामइश्वर महराको अवस्था चिन्ताजनक छ । दुवै जनाको जानकी मेडिकल शिक्षण अस्पताल जनकपुरमा उपचार भइरहेको छ । दुवै जनालाई भेन्टिलेटरमा राखिएकोे अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.