जन सरोकार

पत्रकार सुशील शर्माको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । तीनदिनदेखि उहाँ सोही अस्पतालमा उपचाररत् हुनुहुन्थ्यो । एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराउनुभएको थियो । रोग पूर्णरुपमा निको नभई समस्या भोगिरहनुभएका उहाँको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोटलाइट र बिबिसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गर्नुभएका वरिष्ठ पत्रकार शर्माले नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पुर्याउनुभएको थियो ।

आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा लाग्ने सबै व्यक्ति मेहनती र इमान्दार हुनुपर्छ भन्ने मान्यतामा प्रतिबद्ध रहनुभएका उहाँमा मिलनसार, देखेको कुरा भन्ने र लेखेका कुरामा अडिग स्वभाव रहेको उहाँका समकक्षी वरिष्ठ पत्रकार तीर्थ कोइराला स्मरण गर्नुहुन्छ । स्व शर्माका श्रीमती र एक छोरा हुनुहुन्छ ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ पत्रकार सुशील शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले आफूलाई अत्यन्त दुःखीत बनाएको उल्लेख गर्दै शर्माले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको बताउनुभएको छ । उहाँको निधनबाट पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै सभापति देउवाले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.