विश्वका अधिकांश टी २० लिग खेलेर खारिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको जीवनमा आएको उतारचढावलाई बिर्सदै मैदानमा फर्केयता उत्कृष्ट प्रदर्शन गर्न सफल रहेका छन् ।

आईसीसी विश्वकप लिग २ का ९ खेल खेल्दा सन्दीपको बलिङ जस्तै चाहिएको बेला ब्याटिङमा समेत उत्त्कष्ट प्रदर्शन गर्दैआएका छन् ।
सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा पपुवा न्यूगिनीबिरुद्ध ९ विकेटको विशाल जित दर्ता गर्ने क्रममा सन्दीप एक्लैले ५ विकेट लिंदै ९५ रनमा समेट्न सफल भए ।
खेलमा ५ विकेट लिएर प्लेयर अफ द म्याचको पुरस्कार पाएपछि सन्दीपले आँसु झार्दै आफ्नो देशका लागि जित निकाल्द योगदान गर्न सकेकोमा गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् ।
सन्दीप विश्व कीर्तिमानको नजिक पनि पुगेका छन् । एकदिवसीयमा सबैभन्दा छिटो १०० विकेट लिने होडमा रहेका सन्दीपले ४० खेलबाट ९८ विकेट लिइसकेका छन् ।
छिटो १०० विकेटको कीर्तिमान अफगानिस्तानका रशिख खानको नाममा छ । उनले ४४ खेल खेल्दै १०० विकेट लिएका छन् ।
लिग २ मा नेपालले एक खेल खेल्न बाँकी रहेको र सो खेलमा सन्दीपले कम्तिमा २ विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने सम्भावना उच्च रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्