क्रिकेटखेल

सन्दीप लामिछाने ‘द हन्ड्रेड’को अक्सनमा ‘अन्सोल्ड’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार तथा लेग स्पीनर सन्दीप लामिछाने ‘द हन्ड्रेड’मा ‘अन्सोल्ड’ भएका छन् । इंल्यान्डमा हुने प्रतियोगितामा सन्दीप अन्सोल्ड भएका हुन् ।

बिहीबार भएको अक्सनमा सन्दीपमाथि कुनै पनि टिमले बोली नलगाएपछि उनी अन्सोल्ड भएका हुन् । यस अघि सन्दीपले सन् २०२० मा ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेलेका थिए । अक्सनमा सन्दीपको बेस प्राइस ३१ हजार पाउन्ड (करिब ६२लख नेपाली रुपैयाँ) थियो ।

इंल्यान्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगिता आगामी जुलाई २१ देखि अगस्ट १६ सम्म इंल्यान्डमा हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.