राजनीति

कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गरिन्छ : मन्त्री बुढा

सहरी विकासमन्त्री धनबहादुर बुढाले मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागको शुक्रबार स्थलगत निरीक्षण गर्नुभएको छ ।

मन्त्री बुढा

सो अवसरमा मन्त्री बुढाले चालु आर्थिक वर्षको अन्तिम चरणमा लक्ष्यअनुसार कार्ययोजनाअनुसार प्रगति हासिल गर्नुपर्ने भएकाले सबैले आ–आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कर्मचारीलाई कार्यसम्पादनका क्रममा लोभमा नफस्न निर्देशन दिँदै उहाँले मन्त्रालय मातहत जनसरोकारका कार्यलाई छिटोछरितो सम्पन्न गर्नुपर्ने बताउनुभयो । मन्त्री बुढाले पदीय जिम्मेवारीअनुसार कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सहरी विकास मन्त्रलायको पदभारपछि पहिलोपटक विभागको निरीक्षणका क्रममा विभागका महानिर्देशक कुमारप्रसाद घिमिरेले विभागबाट सम्पादित कार्यक्रमबारे मन्त्री बुढालाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.