जन सरोकार

दुबई पठाइदिने भनी युवतीलाई कुवेत पुर्‍याई बेचबिखन गर्ने व्यक्ति पक्राउ

दुबईको पार्लरमा आकर्षक तलव हुने काममा पठाइदिने प्रलोभनमा पारी कुवेतमा पुर्‍याई बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-५ बाट पक्राउ गरेको हो । कटुवालले नेपालमा व्युटिपार्लर सञ्चालन गरी बसिरहेकी पीडितलाई आकर्षक तलव र सुविधा हुने दुबईको पार्लरमा काममा लगाइदिने प्रलोभन दिएको, भिषा टिकट लगायतको प्रकृयाहरू गर्नका लागि १ लाख ५० हजार रूपैयाँ लिएको, दुबई पठाइदिने भनि झुक्याई कुवेत पुर्‍याई बन्धक बनाएको समेत प्रारम्भिक अनुन्धानको क्रममा खुल्न आएको छ ।

साथै कुवेतमा पुगे पश्चात एजेन्ट अफिस सञ्चालकले शारीरिक तथा मानसिक यातना दिइ मोवाइल र नेपाली राहदानी समेत नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा घरेलु कामदारको रूपमा पठाएको खुल्न आएको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.