जन सरोकार

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । झापा, हल्दीवारी गाउँपालिका-२ दुखीया टोल बस्ने ४० वर्षीय प्रकाश हस्दा आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै प्युठान, मल्लरानी गाउँपालिका-३ चोरपानी बस्ने ३४ वर्षीय बिष्णु पोख्रेल ऐरावती गाउँपालिका-६ पातलास्थित हरियाली सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कैलाली, टीकापुर नगरपालिका-९ स्थित मोहना नदीमा हाल, नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

उता कास्की, माछापुच्छ्रे गाउँपालिका-८ नसि पुरूङस्थित सार्वजनिक जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.