बिचार

‘पिर’ले बोलेको ‘पिर’ र दिएको ‘पिर’

तीन वर्षअघि लोकगायक पशुपति शर्माले मुलुकको अवस्थालाई चित्रण गरेर एउटा गीत सार्वजनिक गरे लुट्न सके लुट शीर्षकमा । त्यो गीतलाई लिएर तत्कालीन सत्ताको निकट रहेकाहरुको पारो चढ्यो, गीतको धुवाँधार बिरोध भयो ।

अहिले त्यस्तै एउटा सत्यको धेरै नजिक रहेको गीत सार्वजनिक भएपछि एकथरि राजनीतिक दलका नेता, कार्यकर्ताहरुको पारो चढेको छ । गायक प्रकाश सपुले १० वषे जनयुद्धका लडाकुहरुको जीवन दर्शाउने गरी सार्वजनिक गरेको १६ मिनेट लामो गीत र दृश्यले पीडितहरुको पीडा बोल्यो तर अर्काथरिको पारो चढ्यो ।

विगतमा संगीतकै माध्यमबाट जनतालाई आफूतिर आकर्षित गर्न सक्षम भएकाहरु अहिल संगीतबाटै तर्सनुपर्ने अवस्था आउनु विडम्बना बाहेक केही होइन । प्रकाशको गीत र भिडियोले जनयुद्धका अधिकांश लडाकुहरुको अहिलेको वास्तविकता बोलेको छ र यसमा उनीहरुले नै प्रशंसा गरेका छन् ।

तर सत्ता र शक्तिको निकटमा रहेर हात चाटिरहेकाहरुलाई पिर शीर्षकको गीतलेदिनुसम्म ‘पिर’ दियो । विशेष गरी वामपन्थी विचारधारा बोक्नेहरुले बुझेको तथ्य के हो भने गीत, संगीतले जनतालाई आकर्षित गर्न सकिन्छ । र विगतमा देखिएको तथ्य पनिन यही हो कि नेपालको राजनीतिक परिवर्तमा स्रष्टाहरुको सबभन्दा बढी योगदान छ ।

अहिले पनि जनताका आवाज स्रष्टाले बोलिरहेका हुन्छन् कुनै न कुनै माध्यमबाट । मुलुकमा कायम रहेका विकृतिहरुलाई आम जनतामाझ पुर्याउने सशक्त माध्यम नै स्रष्टा भएकाले उनीहरुको सामाजिक प्रभावकारिता उच्च छ ।

३ वर्षअघि गायक पशुपति शर्माले सार्वजनिक गरेको भ्रष्टाचार बिरोधी गीतले तत्कालीन सरकारलाई यति अप्ठ्यारोमा पार्यो कि अन्ततः गीत नै बन्द गर्नुपर्यो ।  गायक शर्माले मुलुकका तमाम विकृति, विसंगतीलाई लिएर गीत बनाए, तर त्यो विवादमा पर्यो, सत्तापक्षले सो गीत पचाउन सकेन ।

किनभने गीतबाट जनतामा चेतना फैलाउन सकिन्छ भन्ने ज्ञान वामपन्थीहरुलाई जति अरुलाई हुने कुरै भएन । हिजो सत्ताबिरुद्ध गीतमार्फत गाउँगाउँमा चेतना फैलाउन उनीहरुले गायकगायिकालाई प्रयोग गरे, त्यस्तै गीत गाउन लगाए ।

आज उनीहरु नै देशको तमाम विकृति, विसंगति र भ्रष्टाचारबिरुद्धको एउटा गीतबाट तर्सिएर गीतकै बिरोध गर्न तम्सिएका छन् । गीतको यथार्थ पक्षको विश्लेषण गरेर आफूलाई सच्याउनुको साटा स्रष्टालाई नै सच्चिनुपर्ने, माफी माग्नुपर्ने भन्दैछन् ।

अहिले पनि सत्तापक्षको एउटा घटक माओवादी केन्द्रका विगतको योगदानदेखि वर्तमानको विकृति र समस्यालाई उजागर गरेर गीत सार्वजनिक भयो । तर त्यसलाई आम सर्वसाधारण र पीडा भोगेकाहरुले जसरी स्वीकारे त्यसलाई सत्ता निकट रहेकाहरुले स्वीकार्न सकेनन् ।

माओवादीका उच्च तहका नेताहरुले न प्रकाश सपुतलाई साम्राज्यवादीले प्रयोग गरेर सो गीत बनाएको आरोप लगाए । हिजो तिनै गायक गायिका र कलाकारहरुको साथमा शक्ति आर्जन गरेकाहरुले उनीहरुको उत्थान र जीवनयापनका लागि वास्तवमै गम्भीर भएर काम गरिदिएको भए सपुतले गीत नै बनाउनुपर्ने थिएन कि ?

मुलुकमा भ्रष्टाचार छ, अनियमितता छ, यो वर्तमान सरकारको पालामा मात्र हैन, तीन दशकदेखि नै विरासतका रुपमा रहेको छ । त्यस्तै क्रान्तिकारीहरु पनि सत्ताको सेरोफेरोमा पुगेपछि विकृतिको दलदलमा फसेका छन् । यो यथार्थलाई गीतले बोलेको हो । सत्य स्वीकारेर सच्याउनुको साटो लाज बचाउने खेलमा लाग्नु राम्रो हैन ।

यथार्थमा भन्ने हो भने गीतले जागरण पैदा गर्छ र निरंकुशताका पक्षपातीहरु गीतबाट तर्सन्छन् । पंचायतकालमा यस्ता अनेक गीत प्रतिबन्धमा परेका थिए तापनि गाउँगाउँमा जनवादी गीत गाउँदै हिंड्नेहरुको कमी थिएन ।

अहिले पनि त्यसको प्रभाव छ । चाहे भूमिगत कालमा होस् वा अहिले कम्युनिष्टहरु आफ्ना कार्यक्रममा यस्तै जनवादी गीत प्रस्तुत गर्दछन् । तर, तिनीहरु अरुको गीतबाट भने तर्सन थालेछन् ।

पशुपति शर्माको “लुटन सके लुट कान्छा‘” बोलको गीत सार्वजनिक भैसकपछि रोक्न बाध्य पारियो । अहिले प्रकाश सपुतको “पिर” त्यसैको शिकार हुने मेसोमा छ ।

आफ्ना कमजोरी औंल्याइदिनेलाई धन्यवाद दिएर आफैंलाई सच्याउने र पीडामा परेकाहरुको हितमा काम गर्ने कि सिर्जनालाई गाली गरेर आफूलाई अरु नंग्याउने ? यो प्रश्न अहम छ ।

प्रकाश सपुतको गीतलाई स्वीकार्न नसके पनि यथार्थको जानकारी सबै छन् । बिरोध गर्नेहरुको स्थिति सुरुवालको इजार चुँडेको मानिस लाज ढाक्ने कि दुई हात जोडेर नमस्ने गर्ने भन्ने दोधारमा परेजस्तै स्थिति छ । दर्शन गर्न हात उचालुँ सुरुवाल फुस्कने, नगरौं अपमान गरेको ठहर्ने के त्यस्तो सम्मान खोजेको हो गीतमा आपत्ति जनाउनेहरुले ?

यो पनि पढ्नुहोस्

सपुतको सिर्जनालाई ‘मार्क्सवादी सौन्दर्यशास्त्र’ले हेरौं

सत्य सुन्ने र देख्ने हिम्मत नभएपछि… (भिडियोसहित)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.