सूचना/प्रविधि

फुजी कम्पनीले विकास गरेको फाभिपिराभिर नामक औषधि कोरोना उपचारमा प्रभावकारी

जापानको फुजी कम्पनीले विकास गरको फाभिपिराभिर नामक औषधि कोरोनाका विरामीको उपचारमा प्रभावकारी भएको चिनीया चिकित्सा अधिकारीहले बताएका छन् ।

जापानी चिकित्सकहरूले कोरोनाको समान्य खालको लक्ष्यण भएका विारमीमा क्लिनिकल परीक्षण गर्दा यसबाट विरामीमा भाइरसको बृद्धिदरमा कमी आएको बताएका थिए । तर जापानी स्वास्थ्य मन्त्रालय स्रोतले भने गम्भीर संक्रमण भएका विरामीमा भने त्यति धेरै प्रभावकारी नभएको बताएका छन् ।

चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारी जियान सिनमिनले चीनको बुहान र सेन्जेन प्रान्तमा क्लिनिकल परीक्षणका रुपमा ३४० विरामीमा प्रयोग गरिएको र सो औषधि निकै प्रभावकारी भएको पाइएको बताएका हुन् ।

दि गार्जियनले चिनियाँ अधिकारीलाई उद्धृत गर्दै यो औषधि कोरानाकोउपचारमा निकै सुरक्षित र प्रभावकारी पाइएको जनाएको छ । कोरोना भाइरस पोजेटिभ देखिएका विरामीलाई औषधि दिँदा चार दिनमा नै विरामीमा कोरोना नेगेटिभ देखिएको थियो । समान्यतया अन्य औषधि दिँदा ११ दिन लाग्ने गरेको जापानी टेलिभिजन संस्था एनएचकेले जनाएको छ ।

साथै सो फाभीपिराभिर नामका औषधि दिइएका विमामीको फोक्सोको अबस्थमा ९१ प्रतिशितले सुधार भएको र अन्य औषधि दिइएकमा ६२ प्रतिशत मात्र सुधार भएको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.