सूचना/प्रविधि

नेपाल टेलिकमको सह्रानीय काम- रिङटोनको साटो कोरोनाबिरुद्ध चेतनामूलक सन्देश

तपाईले नेपाल टेलिकमको कुनै पनि फोनमा सम्पर्क गर्दा यसअघिको भन्दा फरक पाउनुहुनेछ । त्यो के भने फोन डायल गरेपछि रिङटोन बज्नुको साटो कोरोनाबिरुद्धको चेतनामूलक सन्देश सुनिनेछ ।

टेलिकम

यो टेलिकमले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्दै आम जनतामा सूचना पुर्याउन प्रभावकारी काम गरेको मानिएको छ । हुन पनि राष्ट्रको संचार भन्ने नारा लगाउँदै दूरसंचार सेवा प्रदान गर्दैआएको सरकारी स्वामित्वको यो संस्थाले कोरोना संक्रमण हुन नदिन अहिलेसम्मकै सबभन्दा प्रभावकारी काम गरेको छ ।

सिंगो विश्व कोभिड १९ बाट आक्रान्त भैरहेका बेला नेपाल टेलिकमले सामान्यभन्दा सामान्य नागरिकको हातमा रहेको मोबाइल फोनको रिंगटोनमा यस्तो सन्देश दिएर निकै प्रभावशाली काम गरेको आम प्रतिक्रिया छ ।

फोन डायल गर्नासाथ आउने यस्तो सन्देशले आम जनतामा प्रभावकारी सन्देश दिएको पाइएको छ । पत्रपत्रिका, रेडियो वा अन्य माध्यमभन्दा फोनको रिंगटोनमै यस्तो सन्देश प्रवाह गरेको नेपाल टेलिकम धन्यवादको पात्र बनेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.