जन सरोकार
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन, भरतपुर महानगरपालिका-२९ दाशढुङ्गास्थित सडकमा ना.७ ख ७६४ नम्बरको ट्रकले ना.५ प ८१९९ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २० वर्षीय पुरूषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्