जन सरोकार

अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

बाँके,नेपालगंज उपमहानगरपालिका-१० आर्दशनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ५ सय मिलिग्रामसहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बहराईच थाना रूपैडिया बस्ने १९ वर्षीय समिर साह र दाङ तुलसीपुर उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय बिर बहादुर विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.