क्रिकेटखेल

पपुवा न्यूगिनीमाथि नेपालको दोस्रो जीत

संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग-२ मा नेपालले आफ्नो चौथो खेलमा पपुवा न्यूगिनी (पीएनजी)माथि सानदार जित दर्ता गरेको छ ।

मंगलबार सम्पन्न खेलमा नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो । यसअघि पिएनजीलाई नै हराएको नेपाल युएईसंगको दुई खेल भने गुमाएको थियो ।

दुबईमा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गरे । शेख ५९ रनमा नट आउट रहे भने भुर्तेल ५० रनमा आउट भए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भए ।

दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.