प्रदेशमधेश

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेको भागमा चार मन्त्री, एक राज्यमन्त्री

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शनिबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो ।

नवनियुक्त मन्त्रीहरूमा एमालेका राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नुभएको छ । साथै एमालेका केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट शनिबारै पद तथा गोपनीयताको शपथ लिनुभएको छ भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ लिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.