
जापानको राजधानी टोकियोमा आयोजना हुने गृष्मकालीन ओलम्पिक र पाराओलम्पिक खेल स्थगित हुने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारी महामारीका कारण खेल स्थगित गर्नेबारे विचार विमर्श गरिरहेको बताइएको छ ।
कमिटीले आइतबार आयोजक मण्डलसंग टेलिफोनमार्फतत गरेका आपतकालित बैठकमाा खेल आयोजना स्थगित गर्नेबारे विचार विमर्श गरेको र यस विषयमा आउँदो महिना निर्णय गरिने छ । यसका लागि आयोजक समिति, जापान सरकार र टोकियो महानगरपालिकासंग परामर्श गरिनेछ ।
प्रधानमन्त्री शिन्जो आबेले पनि खेल पूर्णरुपमा आयोजना गर्न सम्भव नभए पछि सार्ने विषयमा सोच्न सकिने सोमबार संसदीय समितिमा बताउनुभएको छ । आबेले आइतबार राति आयोजक समितिका प्रमुख योशिरो मोरीसंग यस विषयमा छलफल गरेको समेत जानकारी दिनुभयो ।
त्यसै गरी टोकियो ओलम्पिक आयोजक समितिका प्रमुख योशिरो मोरीले सोमबार पत्रकार सम्मेलन गरी कोरोना भाइरसको प्रकोपका कारण ओलम्पिक खेल पछि सार्ने विषयमा विचार गरिरहेको बताउनुभयो । उहाँले आयोजक समितिले खेलको खेल नियमित र निर्धारित समयमै गर्न प्रयासरत रहेकोप्रति अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी सहमतत रहेको बताउँदै विश्वव्यापी स्थितिमा परिवर्तन आएको र युरोप तथा अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण त्यहाँको स्थिति असामान्य रहेको पनि बताउनुभयो ।
यसैबीच जापानका विज्ञहरुले यदि ओलम्पिक खेल एक वर्ष ढिला भएमा ५ अर्ब ८० करोड डलर घाटा हुनसक्ने बताएका छन् । कान्साई विश्व्विद्यालयका पूर्व प्राध्यापक एवं खेल अर्थव्यवस्था विशषज्ञ कात्सुहिरो मियामोतोल निर्धारित समयमा खेल नभएमा खेलस्थल र मैदानहरुको संरक्षण र पुनः मर्मतका लागि मात्र ३ अर्ब ८० करोड डलरको आवश्यकता पर्नेछ ।
त्यसै गरी खेल अवधिभार खेलाडी तथा पदाधिकारिुहरुको स्वागतबाट हुने फाइदाका साथै अन्तर्राष्ट्रिय व्यापार केन्द्रका निर्माण, लघु तथा मध्य आकारकाा उद्योगको प्रोत्साहन एवं रोबोट उद्योगको विकास समेत हुनेमा यदि रोकियो भने यी सबै व्यवस्था नहुँदा करीब २ अर्ब डलर अतिरिक्त घाटा हुनसक्छ ।
प्रतिक्रिया राख्नुहोस्