जल/वातावरण
शुक्रबार एकसय ५६ जना नयाँ सङ्क्रमित थपिए

नेपालमा कोरोना भाइरसका १ सय ५६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४१६ जनाको परीक्षण गरिएकोमा एक सय ५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ भने ७० जना सङ्क्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ । हालसम्म दुई लाख ७२ हजार ३४२ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमण निको हुने दर ९८.४ प्रतिशत छ ।
मन्त्रालयका अनुसार हाल एक हजार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५२ जना हाल क्वारेन्टिनमा छन् । हालसम्म तीन हजार २४ जना सङ्क्रमितले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्