नेपालले ट्वान्टी २० शृंखलाको दोस्रो तथा अन्तिम खेलमा आयरल्याण्ड ‘ए’सामू जितको लागि १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो । नेपालका लागि गुल्शनकुमार झाले ३२ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४६ रन बनाए भने कुशल मल्लको आक्रमक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन जोडे ।
त्यस्तै कप्तान रोहितकुमार पौडेल ३३ रन बनाई आउट भए भने कुशल भुर्तेलले २५ रन जोड्दा सन्दीप जोराले २१, अनिल साहले १२ रन बनाए । यस्तै आसिफ शेख ११ रनमा आउट हुँदा विवेककुमार यादव ७ रनमा अविजित रहे।
आयरल्याण्डका लागि म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लि एभने बेन ह्वाइटले २ विकेट लिंदा फिओन ह्यान्ड र गेभिन होईको भागमा समान १-१ विकेट रह्यो । यसअघि साेमबार सम्पन्न पहिलाे खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको थियाे ।




प्रतिक्रिया राख्नुहोस्