राजनीति
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, साँझ घर फर्कने
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य हरेको अस्पतालले जनाएको छ । मुटुको धड्कन बढ्ने समस्या देखिएका कारण उपचारका लागि बिहिबार राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना हुनुभएको थियो ।
चिकित्सकहरुका अनुार उहाँको स्वास्थ्यस्थिति सामान्य रहेका कारण शुक्रबार साँझ निवास फर्कनुहुने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कने जानकारी उहाँका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्