जन सरोकार

दुईदिने सुत्केरीमाथि यौन दुव्र्यवहारको आरोपमा चिकित्सक पक्राउ

दुई दिने सुत्केरीमाथि चिकित्सकले यौन दुव्र्यवहार गरे भन्दा पत्याउन गाह्रो पर्छ तर गत शुक्रबार नवजात शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ ।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । सोही अस्पतालमा गत बुधबार मात्र बच्चा जन्माएकी शिशुको उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उहाँका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुव्र्यहार गरेको आरोपमा डा जैसवाललाई पक्राउ गरिएको हो । अस्पतालले समेत तत्कालै डा जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।

डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लिल क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको बताउनुभयो ।

डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताउनुभयो । डा जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताउनुभयो ।

पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.