जन सरोकार

विदेशी नाम भएका विद्यालयलाई नेपालीपनको नाम राख्न एक महिनाको समय

काठमाडौं महानगरपालिकाले विदेशका शहर, व्यक्ति तथा संस्थाको नाम राखेर खुलेका निजी विद्यालयहरुलाई एक महिनाभित्र नेपालीपन झल्कने नाम फेर्न समय दिएको छ ।

शिक्षा नियावलीमा विद्यालयको नाम नेपालीपन झल्कने हुनुपर्ने भए पनि अहिले अधिकांश संस्थागत विद्यालयको नाम सो अनुसार नभएकाले एक महिनाभित्र फेर्न सूचना जारी भएको हो ।

महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने छ ।

महानगरले बिहिबार जारी सार्वजनिक सूचनामा नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाइ एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेश भनिएको छ ।

त्यसै गरी महानगरपालिकाले बिहीबार नै अर्को सूचना जारी गरेर सामुदायिक ‘विद्यालयको स्वामित्वमा रहेका भवन, कोठा, सटर, जग्गा वा अन्य भौतिक संरचना तेस्रो पक्षलाई भाडामा दिएको छ भने उक्त निर्णय र सम्झौताका कागजातका प्रमाणित प्रतिलिपिहरू उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.