जन सरोकार

मेलम्चीमा अरु क्षति नहोस् भन्दै मन्त्री चौधरीबाट क्षमा पूजा

खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा मेलम्चीमा प्राकृतिक विपत्तिबाट अरु क्षति नहोस् भन्दै क्षमा पूजा गर्नुभएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पुर्याएको थियो । मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन ।

मन्त्री चौधरी आज मेलम्ची खानेपानीको बाढीले क्षति पुर्याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गर्नुभयो ।

सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ लैजाने लक्ष्य लिएको छ । मन्त्री चौधरी समयसमयमा यस आयोजनास्थलमा आई यही चैत मसान्तसम्म काठमाडौँ पानी पुर्याउने काममा भएका प्रगतिको अनुगमन गर्नुभएको छ ।

उहाँले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौँमा पानी पुर्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.