जल/वातावरण

कतार एयरबाट आएका अर्का एकजनामा भेटियो कोरोना : संक्रमितको संख्या ६ पुग्यो

कतार एयरबाट नेपाल आएका अर्का एकजनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित हुनेको संख्या ६ पुगेको छ भने कतार एयरबाट नेपाल आउनेमध्ये तीनजनामा कोरोना संक्रमण भएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैटौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गर्नुभएको हो । उहाँका अनुसार ती व्यक्ति गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजबाट आएका थिए ।

संक्रमित बागलुङकी ६५ वर्षीया बृद्धा भएको खुलेको छ । उहाँ चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया युवतीकी आफन्त हुन् ।

डा. देवकोटाले भन्नुभयो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा एउटा पोजेटिभ आएको छ, यो छैटौं केस हो, यो पनि क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौं आएकोमा देखिएको हो ।

यसअघि सोही जहाजमा आएका दुईजनामा पनि कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजनाको टेकु अस्पताल र अर्की एक युवतीको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमाा पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एक जना छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.