एन आर एन न्युज

केसी र शर्मा नेतृत्वको दुबै एनआरएनए अवैध ठहर

सर्वोच्च अदाललतले गत अक्टोबरमा सम्पन्न एनआरएनएको ११ औं अन्तर्राष्ट्रिय सम्मेलनबाट निर्वाचित डा. बद्री केसी नेतृत्व र पराजित भएर सममानान्तर कार्यसमिति गठन गरेको आरके शर्मा नेतृत्वको कार्यसमितिलाई अमान्य घोषित गरेको छ ।

आरके शर्मा समूहले निर्वाचित घोषणा गरिएका डा. बद्री केसी समूहलाई अवैध मान्दै आएको छ । अदालतको आदेशसँगै दुवै कार्यसमिति खारेज भएका छन् ।

दुबै कार्यसमितिले एक अर्काप्रति आरोप लगाउँदै समानान्तर समिति सक्रिय गराइरहका बेला बुधार सर्वोच्च अदालतले दुबैलाई अमान्य घोषित गरेको हो ।

सर्वोच्च अदालतका न्याधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले आज केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो ।

यसै गरी अदालतले २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.