जन सरोकार

मृत अवस्थामा तीन जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । धनुषा, जनकपुर उपमहानगरपालिका-८ बलुवा टोलस्थित निर्माणाधिन घरको सेफ्टि ट्याङकीभित्र सोही घरमा काम गर्ने महोत्तरी लोहरपट्टि नगरपालिका-४ खुट्टा बस्ने ४० वर्षीय हरि साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा सोही ठाउँ बस्ने ५६ वर्षीय लिला परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रामेछाप, रामेछाप नगरपालिका-२ देउराली बस्ने ४७ वर्षीय ललित बहादुर खत्री सोही ठाउँस्थित बेसीडाँडाको सेरा खोला सडकमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.