जल/वातावरण

नेपाललाई सहयोग गर्न काठमाडौंस्थित चिनीयाँ दूताबासले बनायो संयुक्त समूह

कोरोनाा भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि छिमेकी मुलुक चीनले नेपाललाई सबै प्रकारको सहयोग गर्ने जानकारी दिएको छ । नेपालका लागि चीनियाँ राजदूत होउ यान्छीले पत्रकारहरूसँग कुरा गर्दै सो कुराको जानकारी दिनुभएको हो ।

पत्रकार सम्मेलनमा राजदूत यान्छीले सम्बन्धित मन्त्रालयहरूसँग महामारी रोकथाम र नियन्त्रण, उपचार र क्वारेन्टाइन लगायत विषयमा सूचना आदानप्रदान गर्न दूतावासले एउटा संयुक्त समूह बनाएको जानकारी दिंदै महामारीसँग लड्न चीनलाई अप्ठ्यारो परेका बेला नेपालले मूल्यवान सहयोग चिनियाँ जनताले कहिल्यै नबिर्सने र अहिले नेपालमा महामारी फैलिरहेको बेला चीनले पनि आफूले सकेजति नेपाललाई सहयोग गर्न खोजिरहेको बताउनुभयो ।

उहाँले चीनको केन्द्र सरकारले नेपाललाई केही सामान सहायता दिने जनाउँदै त्यसका लागि दुवै पक्षबीच कुराकानी भइरहेको र योसँगै चीनका विभिन्न स्थानीय सरकार र नागरिक समाजले पनि नेपाललाई चाहिने सामग्री जुटाउन पहल गरिरहेको पनि बताउनुभयो ।

राजदूत यान्छीले शुक्रबार मात्र नेपाल सरकारले बेइजिङस्थित दूतावासबाट आफूहरूलाई केही सामान चाहिएको छ भनेको जानकारी दिंदै नेपाललाई चाहिएका सामग्रीबारे चीनको वाणिज्य मन्त्रालयले संयोजन गरिरहेको उल्लेख गर्दै मेडिकल सामग्रीमा फरक फरक देशका फरक फरक मापदण्ड हुने बताउँदैचीन आफ्नो निर्यातमा गुणस्तरलाई निकै महत्व दिने र मापदण्ड पूरा नगर्ने सामान निर्यात गर्न नदिने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.