जन सरोकार

वैशाखमा भर्ना र स्वागत, जेठदेखि कक्षा संचालन

यस वर्षको नयाँ शैक्षिकसत्र वैशाखबाट सुरु भएर जेठ महिनादखि नियमित पठनपाठन हुने भएको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले जेठ १ मा नयाँ शैक्षिक सत्र सुरु गर्ने गरी २०७८ को शैक्षिक कार्यक्रम अघि बढाउन निर्देशन दिइसकेको छ ।

त्यस्तै शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखमै शैक्षिकसत्र २०७९ को विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गरी जेठ १ देखि पठनपाठन थाल्ने गरी शैक्षिक सत्र अघि बढाउने निर्णय गरेको छ ।

कोभिड महामारीको दोस्रो र तेस्रो लहरका कारण चैत मसान्तमा सकिने शैक्षिकसत्र एक महिना पर धकेलिएको हो । चालु शैक्षिक सत्र गत असार १ मा सुरु भएको थियो ।

परीक्षा बोर्डले वैशाख ९ देखि एसईई सञ्चालन गर्दै छ । कोभिडका कारण दुई वर्षपछि बोर्डले तयार पारेको प्रश्नपत्र र तोकेको परीक्षा केन्द्रमा एसईई सञ्चालन हुँदै छ ।

अघिल्ला दुई वर्षमा विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो । कक्षा १–९ को परीक्षा पनि चुनावअघि नै सक्नुपर्नेछ । बोर्डले जेठ १६ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.