प्रबास

युएइमा रहेका नेपालीलाई त्यहीका नागरिकसरह उपचार सुविधा दिने युवराज शेखको प्रतिबद्धता

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएइ)मा रहेका नेपालीहरु कोरोना संक्रमणका कारण असुरक्षित हुनु नपर्ने र नेपालीलाई युएईका नागरिकसहको उवचार सुविधा पाउने त्यहाँका युवराज शेख मोहम्मद विन जायेद अल नायनले बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको अवस्थाका बारेमा युवराजसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएपछि उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।

सोमबार साँझ भएको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमानदार र परिश्रमी भएको बताउँदै उनीहरूले युएइको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । त्यहाँस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार युवराजबाट नेपालीहरूलाई युएइका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।

“विशिष्ट घडीमा युएइमा रहेका नेपालीहरूको हित र सुरक्षालाई उच्च महत्व दिई अभिभावकीय स्नेह र संरक्षकत्व प्रदान गर्नुभएकोमा प्रधानमन्त्री ओली र नेपालीहरूलाई युएइका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा युवराजप्रति आभार प्रकट गर्दछौं ।” राजदूत ढकालले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

नेपाल सरकारले पनि यहाँ रहेका विदेशी नागरिकलाई कोरोना भाइरस सङ्क्रमण भएमा आफ्ना नागरिकसरह उपचार र सुविधा दिने जनाउँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.