जन सरोकार

मृत अवस्थामा छ जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट छ जना फेला परेका छन् । नवलपरासी पूर्व, गैडाकोट नगरपालिका-१३ सिख्रौलीस्थित नारायणी नदी किनारमा ललितपुर लेले-७ बस्ने ५० वर्षीय राजन थापा क्षेत्री आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै रूपन्देही, सैनामैना नगरपालिका-७ रामबस्ती बस्ने मोहन भुसालको छोरा ८ वर्षीय आयुष भुसाल सोही ठाउँस्थित ईन्गोरिया खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यसैगरी रूपन्देही, कोटहीमाई गाउँपालिका-६ हर्दी बस्ने ५४ वर्षीय राम किसन चौधरी सोही ठाउँस्थित आफनै खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै लमजुङ, क्व्होलासोथार गाउँपालिका-१ नजरे बस्ने ६९ वर्षीया धन कुमारी गुरुङ सोही गाउँपालिका-३ च्यानडाँडास्थित च्यानडाँडा  वनको भिरबाट खोल्सामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । चैत १५ गते माईती घर जान्छु भनी हिँडेकी उनी सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा सडीगलेको अवस्थामा शव फेला परेको हो ।

उता रामेछाप, रामेछाप नगरपालिका-६ हुदिल बस्ने ७३ वर्षीय तेज बहादुर कार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता रौतहट, गरुडा नगरपालिका-६ अमरपट्टी बस्ने १८ वर्षीय नन्दकिशोर राय यादव सोही ठाउँस्थित झाझ सिचाई नहरमा सोमबार मृत अवस्थामा फेला रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.