राजनीति

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी ठाकुर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रूबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा दुई सय २९ मत खसेको थियो ।

सभामुख डीपी अर्यालले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उहाँलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले ठाकुर उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो ।

उक्त प्रस्तावको विपक्षमा जम्मा ५ मत खसेको थियो भने २२ जनाले भने मत दिएनन् । प्रतिनिधि सभामा भएको मतदानमा २५७ सांसदले भाग लिएका सभामुख अर्यालले जानकारी दिनुभयो । निर्वाचनमा रास्वपा, कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले ठाकुरको पक्षमा मतदान गरे भने एमाले तटस्थ रहँदा राप्रपाले विपक्षमा मतदान गर्‍यो ।

ठाकुरको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहनुभएको थियो । यसैगरी शुक्रबारै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले उपसभामुखमा दिएको उम्मेदवारी बहुमतले अस्वीकृत गरेको थियो । शुक्रबार भएको निर्वाचनमा लामाको पक्षमा ५ मत खसेको छ भने विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको सभामुख अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.