राजनीति

दैलेखमा ‘जनता माझ राप्रपा अभियान’को शुभारम्भ

आगामी वैशाख २० गते हुने स्थानीय तहको निर्वाचनबाट मुलुकको वैकल्पिक राजनीतिक शक्तिमा स्थापित हुने अभियान चलाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आजबाट दैलेखमा जनताका माझ राप्रपा कार्यक्रमको शुरुवात गरेको छ ।

सो कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्ती कुमारी शाही प्रबक्ता ज्ञानेद्र शाही केन्द्रीय सदस्य लगायतले सम्बोधन गरेका थिए ।

स्थानीय गणेश चौकबाट मोटरसाइकल र्याली सहित् टुँडीखेलमा पुगेर कोणसभामा परिणत भएको कार्यक्रममा बोल्दै महामन्त्री कुन्ती कुमारी शाहीले अब जनताले परिवर्तन खोजेको बताउँदै ठूला दलकै कारण देशमा बेथिती भ्रष्टाचार बढेर गएको आरोप लगाउनुभयो ।

महामन्त्री शाहीले अब पनि हामी तिनै दलको झन्डा बोकेर गए देशमा झन अराजक बढेर जाने तर्फ सचेत हुन जनतालाई अपिल गर्दैजनताले बुझाएको करबाट सिमित स्थानिय जनप्रतिनिधि र तीनका नजिकका मानिस मात्र सम्पन्नशाली भएको तर जनताका दुस्ख जहाँको त्यही रहेको बताउनुभयो।

कार्यक्रममा पार्टिका प्रवक्ता ज्ञानेद्र शाहीले देश संघीयताका कारण भ्रष्टाचारका कारण बेथितीका कारण चरम आर्थिक संकटतर्फ धकलिएको बताउँदै देशका ठुला ठुला राजमार्ग विकासलाई तिब्रता दिने काम तत्कालीन राजाहरुले गरेको भन्दै इतिहास नभुल्न सबैलाई अपिल गरे ।

दैलेखका सडकका खाल्डाखुल्डी पाँच बर्ष पहिला जे थिए आज पनि त्यही अवस्थामा रहेको झन खाल्डाखुल्डी बढेको नताउदै शाहीले नगरप्रमुखले के गरे त भनेर थप प्रश्न समेत गरे ।

शाहीले दैलेखमा पेट्रोलिएम पदार्थको ठुलो भण्डार रहे पनि त्यसलाई सरकारले चिन्न नसकेकों भन्दै कड़ा आलोचना गर्दै दैलेख नगरपालिकामा पनि बजेटको दुरुपायोग भएको डाटा प्रस्तुत गरे ।

राप्रपा जिल्ला समितीका अध्यक्ष भक्त बहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरीले अब जनता सचेत भएर लाग्ने समय आएको बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.