जन सरोकार

कुवेत पठाइदिने भन्दै श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

कुवेतमा मासिक २८ हजार रूपैयाँ तलवमा काममा लगाईदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बोमा पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रसुवा नौकुण्ड गाउँपालिका-१ ठेगाना भएका ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

घले समेतका व्यक्तिहरूले कुवेतमा काममा लगाईदिने लोभ लालचमा पारी पीडितको राहदानी समेत आफ्नै खर्चमा बनाई २०७३ साउनमा भारतको नयाँदिल्ली हुँदै भिजिट भिसामा श्रीलंकाको कोलम्बोमा पुर्‍याएको खुल्न आएको छ । तत्पश्‍चात कुटपिट गरी कोठामा बन्धक बनाई राखेको अवस्थामा नेपाल प्रहरी तथा अन्य संघ संस्थाको समन्वयमा पीडित नेपाल फर्किन सफल भएका थिए ।

घटनामा संलग्न रही फरार रहेका घलेलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अभियुक्तहरूको समेतप्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.