लकडाउमा सबैभन्दा बढी माग कण्डमको, अघिपछिभन्दा ५० प्रतिशत बढी विक्री
विश्वका अधिकांश मुलुकमा कोरोना भाइरस संक्रमण रोक्न लकडाउन गरिएको छ । यसले बजारमा कतिपय बस्तुको विक्रीमा कमी आए पनि एक चिजको विक्री र माग भने अत्यधिक बढेको छ । त्यो हो कण्डम, जसको खपत अहिले विश्वभरमा २५ देखि ५० प्रतिशत बढेको छ ।
भारतीय न्यूज च्यानल आजतकको रिपोर्ट अनुसार भारतमै पनि २१ दिने लकडाउनका क्रममा कण्डमको माग अत्यधिक बढेको र बजारमा यसको अभाव सुरु भएको छ । लकडाउनका समयमा कण्डमको विक्री बढेको छ । सागसब्जी, माक्स र स्यानिटाइजर जस्तै अहिले आएर कण्डमको समेत अभाव हुन थालेको छ ।
आजतकका अनुसार कैयौं विवाहित जोडी तथा प्रेमी प्रेमिका, जो एकसाथ छन् उनीहरु लकडाउनले घरमै बस्नुपर्ने भएकाले मेडिकल स्टारबाट या अनलाइन सपिंग साइटबाट कण्डम मगाइरहेका छन् । उनीहरु एक वा दुई पिस नभएर ठूलो प्याकेट नै मगाउने गरेका छन् ।
त्यस्तै विश्वव्यापी रुपमा पनि कण्डमको माग बढेको छ । अन्तर्राष्ट्रिय मिडियाहरुको रिपोर्ट अनुसार कतिपय देशमा माक्र्स र स्यानिटाइजरपछि कण्डमको अभाव सुरु भएको छ । विश्वमा अहिले सागसब्जी मात्र हैन कण्डमको समेत खपत बढेको छ ।