अर्थ

नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा छैन : पूर्व गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा चिरञ्जीवी नेपालले देशको अर्थतन्त्र देशको अर्थतन्त्र श्रीलङ्काको बाटोमा नरहेको टिप्पणी गर्नुभएको छ ।

नेपालको अर्थतन्त्र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला उहाँले अहिलेको अवस्था त्यस्तो नरहेको समस्या समाधान नै गर्न नसकिने अवस्थामा नपुगेको भन्दै हाल देखिएको समस्यासमेत शीघ्र समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा पूर्वगभर्नर डा नेपालले हाल देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले जुनरुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन । अहिलेको समस्या छिट्टै समाधान हुन्छ ।” उहाँले नेपालको विदेशी ऋण पनि धेरै नरहेको स्पष्ट पार्नुभयो ।

पूर्वगभर्नर डा नेपालले भन्नुभयो, “श्रीलङ्काको बाटोमा त हामी छँदै छैनौँ । हामी सबैले संयमता अपनाउनुपर्छ । अहिले आत्तिनुपर्ने अवस्था छैन । यो समस्या छिट्टै नै समाधान हुन्छ । त्यो तहबाट गुज्रिएका छैनौँ तर, सतर्कता भने हुनुपर्छ ।” नेपाल राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने भएको तथ्य पेश गर्दै उहाँले सरकारको सल्लाहकारको रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले कोभिडपछिको अवस्थामा बजेटले केही विषयमा सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गर्दै अहिले पनि त्यस्तै हुने विश्वा व्यक्त गर्नुभयो ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड विप्रेषण रहेको उल्लेख गर्दै हाल विदेशी सञ्चिति कम हुनुको पछाडि पर्यटन क्षेत्र ठप्प हुँदाको असर देखिएको उल्लेख गर्नुभयो ।

विलासी वस्तुको आयात नगर्नेजस्ता विषयमा केन्द्रीय बैंकले सबैको समन्वयमा त्यसखालको नीति लिनुपर्नेमा जोड दिँदै उहाँले युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.