जल/वातावरण

चितवनमा पनि मृत्यु भयो उपचारका लागि भर्ना भएका कोरोना सङ्क्रमितको

केही दिनयता मुलुकभर कोरोना संक्रमितको संख्या बढेसंगै संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । मंगलबार विहान वीरगञ्जमा उपचारत एक युवाको मृत्यु भएको खबर आए लगत्तै चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुग्नु भएका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले जिल्लामा ६८ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेशनमा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.