कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
कोरोना महामारीका कारण अलपत्र पर्नसक्ने विदेशी कामदारहरुलाई दक्षिण कोरिया सरकारले भिसा थप्ने भएको छ । रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका नेपाली लगायत विदेशी कामदारहरुको भिसा अवधि थप्ने निर्णय त्यहाँको सरकारले गरेको हो ।

यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय गरेको दक्षिण कोरियाको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने निर्णय गरेको हो ।
इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ । उक्त नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ तर अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५०० प्रवासी मजदुर ९इ–९० लाई यो निर्णयले सहज बनाएको छ ।