जल/वातावरण

बढ्दो कोरोना संक्रमणको ग्राफ- शुक्रबार थपिए नौसय जना, चारजनाको मृत्यु

देशभर कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । दैनिक संक्रमितको संख्या बढिरहने क्रममा शुक्रबार थप ९ सय जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण चार जनाको मृत्यु पुष्टी भएको छ । हालसम्मा तीन हजार ७० ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । जसमा काठमाडौँ उपत्यकामा ३४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकानुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

शुक्रबारसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८९० पुगेको छ । त्यस्तै पछिल्लो समय थप २०८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ८१२ रहेको छ । निको हुने दर भने ९७ दशमलव एक प्रतिशत रहेको छ ।

अहिले देशभर पाँच हजार आठ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ६६ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख ३५ हजार ८५ को पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.