जन सरोकार

सिंहदबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै रिट

सर्वोच्च अदालतमा सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट निवेदनमा उक्त माग गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले फोहर नउठाउने निर्णय गरेपछि फोहर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले तत्काल फोहर उठाउन अन्तरिम आदेश माग रिट निवेदनमा गरिएको छ । रिट निवेदनमा भनिएको छ, “काठमाडौँ महानगरपालिकाले काठमाडौँको सिंहदरबार क्षेत्रभित्र, राष्ट्रपतिको कार्यलयको क्षेत्रभित्र, प्रधानमन्त्रीको आवास क्षेत्रभित्रको फोहरमैला सङ्कलन नगर्ने कुनै निर्णय गरेको भए उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरी पाऊँ ।”

रिट निवेदनमा स्थानीय सरकार र सङ्घीय सरकारका बीचमा समन्वय हुनुपर्ने र मिलेर फोहर व्यवस्थापनको काम गर्नुपर्ने उल्लेख छ । काठमाडौँ महानगरपालिकाको कार्यालय स्थानीय निकाय भएकाले नेपालको संविधानको धारा ३० मा प्रत्येक व्यतिm स्वच्छ र स्वस्थ्य वातावरणमा बाच्न पाउने हक भएको छ ।

फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्नको लागि आफ्नो क्षेत्रभित्र फोहर सङ्कलन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको भएकाले कानुन विपरित आजसम्म फोहर सङ्कलन नगरेकाले उक्त क्षेत्रको वातावरण प्रदूषित भई वातावरणमा असर पर्ने भएकाले तत्काल सङ्कलन गरी ल्याण्डफिल्ड साइडमा लानु र नियमित फोहर सङ्कलन र विसर्जन गर्ने कार्य गर्न गराउनु आदेश रिट निवेदनमा माग गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.