जन सरोकार

पूर्वमुख्यसचिव शाक्यको निधन

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहनुभएका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधबार बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको हुनुहुन्थ्यो ।

पूर्वमुख्यसचिव शाक्यको निधन

उहाँ डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्कनुभएको थियो । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गर्नुभएका उहाँ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत हुनुभयो ।

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उहाँको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए । स्व शाक्यका दुई छोरी र दुई छोरा हुनुहुन्छ भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.