जल/वातावरण

एक हजार दुई सय ८१ जना कोरोना संक्रमितमध्ये ९८ जना बालबालिका

सोमबार नेपालमा १ हजार २ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । वितेको २४ घण्टामा थपिएका ती संक्रमितमध्ये ९८ जनामा बालबालिका रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नवजात शिशुदेखि ९ वर्ष उमेर समूहका २४ जना र १० देखि १९ वर्ष उमेर समूहका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ५०५ जना, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.