कर्पोरेट/पर्यटन

वैशाख ७ गते त्रिभुवन अन्तर्राष्टिय विमानस्थल छ घण्टा बन्द

वैशाख ७ गते बिहिबार त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट झण्डै छ घण्टा कुनै पनि उडान–अवतरण नहुने भएको छ । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थल बन्द रहने भएको हो ।

सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ ।

विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने उडान अवरुद्ध हुने भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.