जन सरोकार

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङमा शुक्रबार साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दश जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

बस दुर्घटना

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.