रास्वपाको महामन्त्रीमा शाह मनोनित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित हुनुभएको छ ।
रास्वपाको सोमबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवाली मनोनित गरेको हो । त्यसैगरी, पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त हुनुभएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
बैठकले सङ्घीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई मनोनित गरेको छ । बैठकमा सभापति रवि लामिछाने प्रस्ताव गर्नुभएको उक्त प्रस्तावहरु केन्द्रीय समितिबाट अनुमोदन गरिएको हो ।
रास्वपाले विद्यमान लेबीको व्यवस्था परिमार्जन गर्दै सांसदको १५ हजार रुपैयाँ, मन्त्रीको १८ हजार रुपैयाँ र स्वकीयको दुई हजार रुपैयाँ कायम गरेको छ ।





प्रतिक्रिया राख्नुहोस्