जन सरोकार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-१० चौबिसकोठीस्थित सडकमा
हाकिमचोकबाट चौबिसकोठीतर्फ जाँदै गरेको बा २ क ८३४९ नम्बरको मिक्सचरले प्रदेश ३-०३-००२प ३७७० नम्बरको स्कुटरलाई शुक्रबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-९ बसन्त चोक बस्ने ६८ वर्षीय महेन्द्र प्रसाद पौडेलको मृत्यु भएको छ ।

सवारी दुर्घटना

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मिक्सचर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित सडकमा ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्र २-०२-००५ प ९५७१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक महोत्तरी जलेश्वर नगरपालिका-३ बस्ने २७ वर्षीय सुन्दर यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको काब्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.