राजनीति

नेपालहरु पार्टी एकता गर्न चाहेनन्- ओली, एकताको सम्भावना क्षीण हुँदै गयो : नेपाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) एकता सम्भावना टुटेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र समानान्तर गतिविधिको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ नेता माधवकुमार नेपालले बताउनुभएको छ ।

शुक्रबार बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपालहरूले एकताबद्ध बनाउन कुनै पहल नगरेको बताउँदै माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरुसँग भेटघाट भयो तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति नदेखिएको बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टी एकताबद्ध बनाउन दिनरात लागेको बताउँदै भन्नुभयो “पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको भए पनि हामी जिम्मेवार र अनुशासित भएकाले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौ ।”

आफूलाई साधारण सदस्यबाट समेत निष्कासन गरेर सम्बन्धलाई शत्रुतापूर्ण बनाइएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्ता व्यक्तिहरु नेतृत्वमा हामी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो, तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा नहुने दावी गर्नुभयो ।

उता एमाले नेपाल समूहको धनुषा जिल्ला कार्य समितिद्वारा शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको कारण एकता क्षीण हुँदै गएको स्पष्ट गर्नुभयो । पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको छ भन्दै उहाँले सङ्कटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाउनुभयो ।

उहाँले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामो पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राख्नुभयो । वरिष्ठ नेता नेपालले पार्टी अध्यक्षले आफूलाई कारवाही गरेकोबारे विचार गर्न सकिने छ भनी जाली कुरा मात्र गरेको भन्दै २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन छ भन्नुभयो ।

प्रावधानअनुसार पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उहाँले आफूहरूको मूल घर नेकपा (एमाले) नै हो, पार्टी अध्यक्षको दम्भ धरहराभन्दा माथि चढिसकेका कारण अध्यक्षले सुधार गर्नुपर्दछ भन्नुभयो । उहाँले पार्टी अध्यक्ष आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमामको अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.